संसदको बैठक सुरु हुने बित्तिकै बहिस्कार ।

0
639

काठमाडौँ, २९ कात्तिक ।  मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुने बित्तिकै बहिष्कार गरेका छन् । बैठकमा सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाए ।कर्णले सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए ।
सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत रहेका छन् ।