फरार अभियुक्त प्रहरकिो फन्दामा !

0
378

नवलपरासी, ३० कात्तिक । नवलपरासी जिल्ला अदालतबाट सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरी जिल्ला कारागार चलान गरेको छ ।

जिल्ला अदालतबाट वनसम्बन्धी मुद्दा फैसला भई फरार भएका दुई जनालाई पक्राउ गरी प्रहरीले सोमबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ ।

एक महिना कैद र रु दुई लाख ३२ हजार जरिवाना फैसला भई फरार रहेका नवलपरासी देवचुली–१५ प्रगतीनगर बस्ने २७ वर्षीय भवेश्वर लम्साल र कावासोती–१ बस्ने ३२ वर्षीय राजकुमार सुनार पक्राउ परेका हुन् ।

अदालतले २०७१ जेठ २१ गते गरेको फैसला अनुसार उनीहरुलाई सो सजाय सुनाइएको थियो ।