लागुऔषध सहित ३ जना पक्राउ ।

0
385

कपिलवस्तु, ३० कात्तिक । कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा लगातार १५ दिनको अनुसन्धान पछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाणगङ्गा निग्लीहवा–४ का विजय पासवान, सोही स्थानका मनिराम पासवान र जगजीवन पासवान रहेका छन् । ५.७५ ग्राम खैरो हेरोइन लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

उनीहरु लागुऔषध प्रयोग गर्नेसहित जिल्लामा बेचबिखन समेत गर्दै आएको पाइएको प्रहरीले बताएको छ ।