कपिलवस्तु, ३० कात्तिक । कपिलवस्तुको बाणगङ्गा–४ गोगापुर निवासी वीरुबहादुर थापा हराएको महिना दिन बित्न लाग्दा समेत अझै भेट्टिएका छैनन् । कामता माध्यमिक विद्यालय करैलीयामा कार्यरत शिक्षक थापा कात्तिक ३ गतेदेखि सम्पर्कमा नआएपछि अहिले विद्यालय परिवार र घरपरिवार चिन्तामा परेका छन् ।
कात्तिक ३ गते बिहान विद्यालय जान्छु भनी घरबाट हिँडेका उनी विद्यालयमा समेत सो दिन नआएको विद्यालयका प्रधानाध्यापक चोलानाथ ज्ञवालीले जानकारी दिनुभयो । थापाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।