व्यवस्थापिका–संसद बैठक स्थगित ।  

0
783

काठमाडौँ, ३० कात्तिक ।  व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठक स्थगित भएको छ । सांसद भक्तिप्रसाद पाण्डेको सोमबार असामयिक निधन भएका कारण समितिको आजको बैठक स्थगन भएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिएका छन् । समितिको आजको बैठकमा मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । समितिको अर्को बैठक मङ्सिर २ गते बिहीबार दिउसो २ बजे बस्नेछ ।