देशकै पहिलो बैंक नेपाल बैंक ८० बर्षमा प्रबेश ।  

0
531

काठमाडौँ, ३० कात्तिक ।  देशकै सबैभन्दा पुरानो बैंक, नेपाल बैंक लिमिटेड आजदेखि ८०आँै वर्षमा प्रवेश गरेको छ ।  देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ .२१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ .७९ प्रतिशत छ ।  चुक्ता पूँजी शेयर रु. पाँच अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२. १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले रु. एक अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप रु. ८६ अर्ब २२ करोड रहेको छ । सो बैंकले रु. ६६ अर्ब तीन करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ .१ प्रतिशत रहेको बताइएको छ ।