अधिकारका लागि संविधानप्रति विश्वास गर्नुपर्छ : सभामुख घर्ति

0
598

 काठमाडौँ, ३० कात्तिक । सभामुख ओनसरी घर्तीले संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेकाले सबैले आफ्नो हक अधिकारका लागि संविधानप्रति विश्वास गर्नुपर्ने बताउनुभयो ।  राष्ट्रिय ख्रीस्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले लोकतन्त्रमा आफ्नो विचार प्रकट गर्न सबै स्वतन्त्र भएको बताउनुभएको छ ।
आज संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने बताउँदै व्यवस्थापिका–संसद्को प्रमुखको हौसियतले विधि विधान र ऐन कानुन निर्माण गर्ने आफ्नो कर्तव्य भएको सभामुख घर्तीले पुष्टि गर्नुभयो ।