सोलिडारिटी कप जित्ने खेलाडीलाई सरकारले जनही ३ लाख दिने ।

0
508

मंसीर १ काठमाडौँ, । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ ।

मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

नेपालका लागि सुजल श्रेष्ठले खेलको ३० औँ मिनेटमा गोल गरेका थिए । यो सँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रियस्तरका तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि उपाधि उचालेको थियो ।