तरुण दलको महाधिबेशन सम्पन्न,अध्यक्षमा बस्नेत र महासचिवमा शाही ।

0
459

काठमाडौँ, १ मङ्सिर । नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा पार्टि सभापति निकटका जितजङ्ग बस्नेत र महासचिवमा रामचन्द्र पौडेल निकट भुपेन्द्र जंग शाहीलाई सर्बसम्मतीले चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा सम्पन्न महाधिवशेनको आज पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको हो । पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाएको छ। उपाध्यक्षमा उत्तम चापागाइँ, र कोषाध्यक्षमा विद्वान गुरुङ चयन हुनुभएको छ । संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्का बैठकले काठमाडौँमा तय गर्ने छ ।