तमलोपाद्धारा सदस्यता बितरण सुरु ।

0
272

कञ्चनपुर, २ मङ्सिर । तराई मधेस लोकतान्त्रिक पार्टी, कञ्चनपुरले सदस्यता वितरण गर्ने अभियान सुरु गरेको छ ।

बुधबार तमलोपा कञ्चनपुरले देखतभूलीमा ‘पहिचान, स्वाभिमान सम्मान तराई मधेस लोकतान्त्रिक पार्टी सदस्यता वितरण अभियान २०७३’को एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

तमलोपाकी नेता मीना चौधरीले अभियानको उद्घाटन गर्दै कञ्चनपुरमा समेत सदस्यता वितरण अभियान जारी रहने बताउनुभयो । तमलोपा कञ्चनपुरका अध्यक्ष पल्टु रानाको अध्यक्षतामा सुरु भएको अभियानको पहिलो दिन पाँचसय सदस्यता वितरण गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।