मुख्य समाचार राजेन्द्र महतो जितेको क्षेत्रमा फेरि चुनाव गर्न माग ।

0
2816

८ पौष ,धनुषा । राजपाका नेता राजेन्द्र महतोले चुनाव जितेको धनुषा निर्वाचन क्षेत्र नं. ३ को चुनाब बदर गर्न माग गर्दै सर्वाच्चमा दायर भएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बिना विभागीय राज्यमन्त्री समेत रहेका यादवले राजेन्द्र महतोलाई विपक्षी बनाई चुनाव बदरको माग गर्दै गएको मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि शुक्रबार भएको सुनुवाईमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीशहरु दीपक राज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशमशेर जबरा, दीकककुमार कार्कीको संवैधानिक ईजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले पुस १४ गते दुवै पक्षलाई छलफलको बोलाएको छ ।यादवको रिटमा वरिष्ट आधिवक्ता रमण श्रेष्ठ, हरिप्रसाद उप्रेती, रामनारायण यादव, अमरनाथ सिंह, आधिवक्त सुनिल खरेल, पंकजलाल कर्ण लगयातले बहस गरेका थिए । यादवले माओवादी केन्द्र, एमाले र आफू विरुद्ध प्रचारबाजी गराएर राजेन्द्र महतोले चरित्र हत्या गराएको आरोप लगाएका छन् ।

यादवले महतोले मौन अवधिमा अनर्गल प्रचारबाजी गराएर अचारसंहिताको उल्लंघन गरेको पनि आरोप लगाएका छन् । उनले फेरि चुनाव गराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता समेत गराएको पनि बताए । यादवले मौनअवधिमा राजेन्द्र महतोको पक्षमा जनता मिडिया, मधेस डटकममा समेत प्रचार गरेको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा धनुषा क्षेत्र नं. ३ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका यादवको जमानत समेत जफत भएको थियो । यादवले २ हजार ३ सय ४६ मत मात्र प्राप्त गरेका थिए भने राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो ३० हजार ७ सय ५० मत ल्याएर विजयी हाँसिल गरेका थिए ।