२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

रास्वपाले तोक्यो सांसद र मन्त्रीका लागि लेबी, मासिक कति बुझाउनुपर्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री तथा सांसदहरूका लागि पार्टी लेबी निर्धारण गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव पारित गर्दै लेबी दर निर्धारण गरेको हो । निर्णय अनुसार सांसद र मन्त्री दुवै तहका जनप्रतिनिधिबाट नियमित रूपमा पार्टी योगदान संकलन गरिने व्यवस्था लागू हुने भएको छ ।

पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि मासिक १६ हजार ५०० रुपैयाँ तथा मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ लेबी तोकिएको छ ।

त्यसैगरी स्वकीय सचिवालयसँग सम्बन्धित व्यक्तिहरूका लागि पनि मासिक २ हजार रुपैयाँ लेबी तोक्ने निर्णय गरिएको छ । हाल यो व्यवस्था मन्त्रीका स्वकीय सचिवका हकमा लागू हुने जनाइएको छ ।

भविष्यमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने व्यवस्था कार्यान्वयन भएमा उनीहरूका स्वकीयलाई समेत सोही दरअनुसार लेबी तिर्नुपर्ने प्रावधान रहने निर्णय गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।