काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको विषयमा सार्वजनिक प्रश्न उठेपछि पार्टीको ध्यानाकर्षण भएको बताएका छन्। महामन्त्री शाहले गृहमन्त्रीमाथि उठेको विषयवस्तुबारे पार्टीले के हो भनेर बुझिरहेको दाबी गरे ।
‘गृहमन्त्रीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यो विषयमा हाम्रो ध्यानाकर्षण भइरहेको छ। बुझ्ने र उहाँको विषय अध्ययन गर्ने काम गरिरहेका छौं । पार्टीको तर्फबाट अहिलेसम्म स्पष्टीकरण सोधेका छैनौँ’, महामन्त्री शाहले भने ।उनले पार्टीको तर्फबाट अहिलेसम्म स्पष्टीकरण नसोधिएको बताएका छन् । ‘उहाँको विषय के हो भनेर अध्ययन गरिरहेका छौं’, उनले भने, ‘हामी चाँडै नै स्पष्टीकरण सोध्छौँ ।’ लोकतन्त्रमा गृहमन्त्रीमाथि आलोचना हुनु र प्रश्न उठाइनु स्वभाविक प्रक्रिया रहेको बताउँदै उनले रचनात्मक रूपमा जनताले प्रश्न उठाउनुपर्ने बताए।
‘लोकतन्त्रमा जनताले आवाज रचनात्मक ढंगले उठाउन पाउनुपर्छ गृहमन्त्रीमाथि उठेको प्रश्नका विषयमा हामी नकारात्मक छैनौँ’, उनले भने । कार्यसूचीमा नभएका कारण सोमबार बसेको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीको विषयमा कुरा नभएको पनि उनलेे बताए ।










