२०८३ आश्विन ९ गते शुक्रबार
२०८३ आश्विन ९ गते शुक्रबार

एसियाली खेलकुदमा नेपालको विजयी सुरुआत, अफगानिस्तान पाँच विकेटले पराजित

 नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । 

शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।  

नेपालका सन्दीप जोराले ३४, रोहितकुमार पौडेलले अविजित ३३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । 

अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक–एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो । 

अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए । सुखद सुरुआत गरेको नेपालले समूह ‘ए’ मा दुई अंक जोडेको छ । पराजित अफगानिस्नाको पनि दुई खेलबाट दुई अंक नै छ । 

अब नेपालले शनिबार जापानको सामना गर्नेछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।