भारतमा रेल दुर्घट्नामा ९१ को मृत्यु, १५० भन्दा बढि घाईते ।

0
426

 भारत, ५, मङ्सिर ।  भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा ९१ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक समाचारमा यस घटनामा ६३ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । तर गम्भीर घाइते व्यक्तिको मृत्यु भएपछि दुभाग्यबस मृतकको सङ्ख्या ९१ पुगेको वरिष्ठ प्रहरी अधिकारी दलजित सिंह चौथरीले जानकारी दिएका छन् ।