२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

ठमेलमा चिनियाँ नयाँ वर्ष कार्यक्रमको अनुमति अस्वीकार, यस्तो छ कारण

काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) का सन्दर्भमा ठमेलमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ ।

चिनियाँ दूतवासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए । पत्रमा काठमाडौं महानगरपालिकालाई सह–आयोजक बस्न समेत प्रस्ताव गरिएको थियो ।

लगत्तै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो । पत्रमा बिजुली, यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो ।

तर, काठमाडौं महानगरले ट्राफिक व्यवस्थापनको चुनौति र अस्तव्यस्तताको कारण उल्लेख गर्दै ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ । पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्यटन प्रवर्द्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकामा’ धन्यवाद दिँदै स्थान परिवर्तन गरेर अन्यत्र कार्यक्रम गर्न सुझाएको छ ।

अघिल्ला वर्षहरुमा पनि चिनियाँ दूतावास आयोजक भएर गरिने यो कार्यक्रममा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरेको थियो । तर, यसपटक अनुमति नदिनुका पछाडि बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती कारण रहेको मेयर बालेन शाहको सचिवालय स्रोतले जनाएको छ ।

‘कलंकीदेखि महाराजगञ्जसम्मको क्षेत्रमा अस्तव्यस्त रहेको सडकका कारण सिंगो राजधानी नै धुलाम्ये भएको छ, यस्तोमा उहाँहरुलाई पनि त्यहाँको स्थिति थाहा होस् भन्ने हिसाबले यस्तो जवाफ गएको हो’, स्रोतले भन्यो, ‘चिनियाँ कम्पनीका कारण समस्या भएको विषयमा सधैं गुनासो भइरहने तर, समाधान नभएकाले सांकेतिक विरोध गर्न समेत खोजिएको हो ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।