२०८१ चैत्र १० गते आईतवार
२०८१ चैत्र १० गते आईतवार

अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । 

युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८९ पैसा तोकिएको छ । 

स्वीस फ्र्यांक् एकको खरिददर एक सय ५२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९६  रुपैयाँ ३३ पैसा तोकिएको छ । 

सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०६ पैसा र बिक्रीदर चार रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । 

यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । 

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७८ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १९ पैसा तोकिएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।