२०८१ चैत्र १० गते आईतवार
२०८१ चैत्र १० गते आईतवार

देश बचाउन राजतन्त्रको विकल्प छैन : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बचाउनका लागि राजतन्त्र फर्काउनुको विकल्प नरहेको बताएका छन् । शुक्रवार आफ्नै निजी निवास भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रसाईंले नेताहरूका घुँडा भाँच्नुका साथै गाउँगाउँबाट लखेट्नुपर्ने समेत बताए ।

‘२५ गते राजा आउँदै हुनुहुन्छ । नेपालभरिबाट स्वागत गर्न एयरपोर्ट जाऔँ’, ‘अब नेताको घुँडा भाँच्नुपर्छ । गाउँगाउँ र सहर सहरबाट लखेट्नुपर्छ,’उनले भने ।

 

अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको चर्चा गर्दै उनले राजाले जसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न आग्रह समेत गरे ।

नेताहरूको छातीमाथि कुल्चेर राजा आउने प्रसाईंको भनाई थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।