२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

काठमाडौं भ्यू-टावर भत्काउने महानगरको तयारी

काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर भत्काउने तयारी भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टावरमा अनियमितता भएको भन्दै भत्काउने तयारी गरेका हुन् ।

मेयर शाहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव साहका अनुसार टावर नभत्काएसम्म वास्तविकता बाहिर आउन नसक्ने भएकाले महानगरपालिकाले यसबारे कडा निर्णय लिन लागेको हो ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि टावरको नक्सा अनियमित ढंगले पास गरिएको आरोप लगाइएको छ । यही कारण उनलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो । यद्यपि, छानबिन समितिले गुरागाईंलाई निर्दोष देखाएको प्रतिवेदन बुझाएपछि पनि मेयर शाहले उक्त प्रतिवेदन अस्वीकार गरेका छन् ।

स्वकीय सचिव साहले काठमाडौं टावरको विषयमा छानबिन गर्न गठन गरिएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजिएको बताएका छन् । उनले सरकारलाई नै भ्रष्टाचारको दोष लगाउँदै जनताको पैसामा खेलवाड गरेको आरोप लगाए । टावर भत्काउनुपर्ने स्पष्ट राय समितिको प्रतिवेदनमा नआए पनि महानगरपालिकाले भ्रष्टाचारको पोल खोल्नका लागि टावर भत्काउनुपर्ने तर्क गरेको छ ।

साहका अनुसार टावर भत्काएपछि मात्र यसमा को–को संलग्न छन् भन्ने कुरा बाहिर आउनेछ । पीपीए मोडलमा बनेको यस संरचनाको थप अध्ययन गर्न गठित समितिको प्रतिवेदन आउने चरणमा रहेको र त्यसपछि मात्रै आवश्यक निर्णय लिइने बताइएको छ । काठमाडौं टावरको भविष्य अन्योलग्रस्त बनेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।