२०८३ असार २ गते मंगलवार
२०८३ असार २ गते मंगलवार

युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

काठमाडौं । युद्धग्रस्त इरानमा रहेका नेपालीहरुको उद्धारका लागि भारतले मद्दत गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ। भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएको छ।

नेपालसँगै भारतले श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई पनि उद्धार गर्न मद्दत गर्नेछ।’

भारतीय दूतावासले नेपाली नागरिकलाई सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले सहयोग गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।