गरिमाविकास बैंकको केन्द्रीयकार्यालय काठमाण्डौंमा, चाबहिलमा पनि खोल्यो शाखा

0
255

काठमाडौ असार २४ । पोखरालाई आधार बनाएर वित्तीय सेवाप्रदानगर्दै आएको गरिमाविकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककागभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीयकार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन शत्रलाई सम्बोधनगर्दै गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजीपुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसीव्यक्त गरेका थिए । उनले अब राष्ट्र बैंकले बैंक तथावित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथावित्तीय संस्थानाफाकमाउनकालागि सञ्चालनगर्न नहुने बताएकाउनले त्यस्तो मानसिकता राख्ने सबै बैंकका सञ्चालकहरुलाई अन्यनाफामुलकव्यवसायमालाग्न सुझावदिए ।
कार्यक्रममा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमादिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामीउत्कृट सेवादिने लक्ष्यका साथआक्रामकउपस्थितीजनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवातहो’ प्रमुखकार्यकारी अधिकृत ढकालले भने ।
पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्यकार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि गतचैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमासेवा सुरु गरेको थियो ।
आर्थिक बर्ष २०७३÷७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलनतथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाहगरि४२ करोड १६ लाख संचालनआम्दानी गरेको छ । केही समय अघिमात्रै १० बराबर ७ (१०ः७)को अनुपातकाहकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्तापूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।
यसै बिच बैंकले शुक्रबार नै चाबहिलमाआफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथावित्तिय संस्थानियमनविभागकाकार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिलशाखाको उद्घाटन गरेका थिए । चावहिल संगैकाठमाण्डौंको सामाखुसी,लाजिम्पाट तथाकलंकी सहित देशभर४७शाखा र ९वटा एटीएमबाट बैंकले वित्तीय सेवादिएको छ ।
बैंकले चार सय ३४ जनाकर्मचारीलाई रोजगारी दिंदै दुई लाख ११ हजार सेवाग्राहीलाई वित्तीय सेवाप्रदानगर्दै आएको छ ।