साउन ४ काठमाडौ । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर आइपिओ बुधबार बाँडफाँड गरिएको छ। धितोपत्र बाँडफाँड निर्देशन बमोजिम सेयर बाँडफाँड गर्दा आवेदन सदर भएका सबै लगानीकर्ताले कम्तिमा १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाए अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७ सय ३७ जनाले दश कित्ताका दरले सेयर पाएका छन । १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सबै आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्ता दरले गोलाप्रथाबाट वितरण गरिएको छ ।
आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनालाई नै गोलाप्रथामा सहभागी गराउदा ३४ हजार ४३० जनाले थप दश कित्ता सेयर पाएका छन । दोस्रो पटकको गोलाप्रथाबाट पाँच जना लगानीकर्ताले भने थप एक कित्ता सेयर पाएका छन ।
२१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको कम्पनिले जनाएको छ ।