रामेछापको रोसी बस्तीका स्थानीय रातभरी अनिदो ।

0
245

भदौ ५ काठमाण्डौं। रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका बाम्तिभण्डार २ स्थित रोसी बस्तीमा अविरल वर्षाका कारण खहरे खोल्सा उर्लेर गाउँमा पसेकाले रोसीवासी रातभरी त्रासमा बस्न बाध्य भएका छन् । गएरातिदेखिको अविरल वर्षाका कारण २०७२ सालको भूकम्पले हल्लाएको जमिनमा पानीले गलेर घर छेउका काल्लामा पहिरो खस्दा स्थानीयबासी रातभर अनिदो बस्नुपरेको स्थानीय शिक्षक मणिबहादुर बस्नेतलेबताए । मानवीय क्षति केही नभए पनि रोसीकै रामबहादुर बस्नेतको घर नजिकैमा पहिरो खस्दा कखुराको खोर र सुनिल बस्नेतको भर्खरैको गाईको बाच्छो मिचेको जनाईएको छ ।यसैबीच उमाकुण्ड गाउँपालिकाकै गुम्देमा गएरातिदेखिको अविरल वर्षाले गुम्देल र क्यामाको बीचमा सडकको ठाउँठाउँमा पहिरो खस्दा सड्क अवरुद्ध भएकाले विद्यार्थी र स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।