२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

साढे ४ लाख घुससहित रौतहटका प्रधानाध्यापक पक्राउ

काठमाडौँ । साढे ४ लाख घुससहित रौतहटको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट धरहरीको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई नियन्त्रणमा लिएको हो ।

उनले शिक्षक आवश्यकता भनी विज्ञापन खुलाएका थिए । एक जनाले रितपूर्वक दर्खास्त दिए पनि उनले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए । अरविन्द पनि पक्राउ परेका छन् ।

 

अख्तियारका अनुसार उनीहरुलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका–१३ स्थित अदालत रोडको एक होटेलबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।