२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

एनपीएल : लुम्बिनीको दोस्रो जित, पोखरा तीन विकेटले पराजित

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ।

शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर जित हासिल गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो।

पोखराको लागि यो चौथो खेल हो। उसले २ मा हार र १ मा जित निकालेको छ। लुम्बिनीको भने पाँचौं खेल हो उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ। त्यसैले दुवै टोलीलाई जित आवश्यक छ।

लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन। हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाँकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ। गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ।

यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उतिकै जरुरी रहेको छ। अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।