काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।
अहिले नेता, कार्यकर्ता र प्रतिनिधिहरू आफ्नो आफ्नो उम्मेदवारलाई भोट माग्न व्यस्त छन् । जसमा गायिका ज्योति मगर लगायतका कलाकारहरू पनि उपस्थित छन् ।
११औं महाधिवेशनमा आदीवासी जनजातीको खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङका निम्ति मगरले महाधिवेशनस्थल पुगेर नै मत मागेकी छन्।
विभिन्न ठाउँमा हुने गरेका मेला र महोत्सवको प्रस्तुतीमा भ्याई नभ्याई भएका बेला गायिका मगरले समय निकालेर महाधिवेशनमा उम्मेदवारको प्रचार गर्न भ्याएकी हुन्।










