२०८३ जेष्ठ ४ गते सोमबार
२०८३ जेष्ठ ४ गते सोमबार

एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि सुरु हुने

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सारिएको छ ।

केहीबेरअघि मात्र सुरु हुने अपेक्षा गरिएको मतदान प्राविधिक तथा मौसमी कारणले भोलि बिहान ८ बजेदेखि यसै स्थल भृकुटीमण्डपमा सञ्चालन हुने भएको हो ।

पार्टी महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै यो जानकारी दिएका छन् । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

यसअघि मतदान पटक-पटक सर्दै साँझसम्म पुगेको थियो । विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्न ढिलाइ भएकाले प्रक्रिया लम्बिएको हो । कुल २ हजार २६३ प्रतिनिधिले मताधिकार प्रयोग गर्ने यस मतदानमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा छ ।

मतदान सारिएसँगै नयाँ नेतृत्वको नतिजा बुधबार मात्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।