कपिलवस्तुका २ बिद्यार्थी बेपत्ता,बिद्यालय बेखवर,अभिभावक चिन्तामा ।

0
609
कपिलवस्तु, १ कात्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक सोमबारदेखि बेपत्ता भएका हुन् ।
जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको परिवारका सदस्यले बताएका छन् ।
दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित बनेकी छिन् । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय बेखरबर बनेको परिवारका सदस्यले बताएका छन् ।
गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए ।
परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।