राप्रपाको समर्थनमा पाँचथर काँग्रेसले गर्यो मनोनयन दर्ता ।

0
1066

कात्तिक ५ काठमाण्डौं । आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि नेपाली कांग्रेस पाँचथरले मनोनयन दर्ता गरेको छ ।
राप्रपाको समर्थनमा कांग्रेसले प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे र प्रदेश सभा ‘क’ मा सभापति नरेन्द्रकुमार केरुङ र ‘ख’ का लागि महासमिति सदस्य सुरेन्द्र कुमार दाहालको उम्मेद्धारी दर्ता गराएको हो ।
मनोनयन दर्ता गर्दै आङ्देम्बेले लोकतान्त्रिक शक्तिहरुको समर्थनमा कांग्रेसले मनोनयन दर्ता गराएको बताए । नयाँ ढंगले चुनाव हुने भएकाले नेपाली कांग्रेसले नयाँ ढंगले नै चुनाव फेस गर्ने गरी उम्मेद्वारी दिएको कांग्रेस सभापति केरुङको भनाई छ । कांग्रेससहित लोकतन्त्रलाई सिध्याउन खोजिएकाले लोकतन्त्र बचाउनका लागि कांग्रेसले त्यस्तै ढंगले मनोनयन दिएको केरुङको भनाई छ ।
र्‍यालीसहितको टोलीले मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पुगेर कांग्रेसले मनोनयन दर्ता गराएको हो ।