समाज परिवर्तनका लागि मेरो उमेद्धवारी : रोसन दानी ।

0
881

कार्तिक १७ काठमाण्डौं । एक युवा समाज रूपान्तरणको सपना बोकेर ब्यबसायीक पत्रकारिता बाट नेता बन्ने अभियानमा लागेका छन् । उनी हुन् चन्द्रा गिरी नगरपालीका ९ का रोशन दानी । २०४८ सालमा जन्मिएका दानी राजनीति भित्र छिरेरै राजनीतिलाई बुझ्न सकिन्छ देशलाई सच्याउन सकिन्छ भन्दै निर्वाचनमा होमिएका छन् । समाजको सेवा गर्न रुचाउने दानी देशमा बिभिन्न समयमा आउने बिपत्तिको सामना गर्न पछि पर्दैनन् । दानी आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चा प्रदेश नं ३ का तर्फबाट समानुपातिकका लागि उम्मेद्वार रहेका छन् ।

पत्रकारिता मुल पेशा गरेका दानी राजनीतिक संस्कृतिको सुधारले नै देशको विकास हुने कुरामा विस्वास गर्दछन् । उनी भन्छन्, ‘समाज परिबर्तनका लागि राजनीतिक स्थिरता आउनुपर्ने रहेछ, त्यसैले मैले पत्रकारिता पेशासँगै राजनीतिमा होमीएको हुँ । आम नागरिकको मर्म बुझेर राजनीतिमा पाइला चाल्नेले कहिल्यै पछाडी फर्केर हेर्नु नपर्ने उनको बुझाई छ ।

दानी स्थानीय निर्वाचनमा जनमोर्चाबाट उपमेयरमा समेत उठेका थिए । देशमा जति नै परिर्बतन आएपनि व्यक्तिगत रुपमै मानिसले आफ्नो आचरण सुधार्न नसके जनाताको जिवनस्तर सुध्रिन नसक्ने तर्क गर्छन्। आफुमा कुनै पनि पदमा पुगेर धनी बन्ने मनसाय नभएको भन्दै समाज सुधार नै सानै देखिको रुचि भएको दानीको भनाई छ। युवाहरूले अवसर पाए देशको समृद्धि राष्ट्रको पहिचान वढाउन सकिने दानीको वुझाई छ । दानी युवा माझ निकै लोक प्रिय छन । देश भरका मतदातालाई दानी आग्रह गरेका छन् आगामी निर्वाचनमा समानुपातिकको गिलास चिन्हमा मतदान गरि युवा महिलाहरूको अधिकार र पुरानालाई भन्दा नयांलाई विजयी गराई एक पटक समृद्ध नेपाल,भय मुत्त नेपाल,सुशासन ,जवाफदेही , पारदर्शी समाज निमार्णमा लाग्न आव्हान समेत गरेका छन् ।