२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । योसँगै राप्रपाले यसपालि जितको खाता खोलेको हो ।

शनिबार (फागुन २३) दिउँसो सार्वजनिक अन्तिम मत परिणामानुसार शाहीले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार नरेश भण्डारीलाई दुई हजार ९४२ मतान्तरले पराजित गरे । उनले १४ हजार ६५ मत प्राप्त गरे । भण्डारीले ११ हजार १२३ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए । नेकपा (एमाले)का उमेदवार शान्तीलाल महत चार हजार २८८ मतसहित चौथो स्थानमा रहे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार विनीता कठायतले ३९८ मत प्राप्त गरिन् । सदरको उनले १० प्रतिशत पनि मत ल्याउन सकिनन् । योसँगै उनको जमानत जफत भएको छ । कठायत यसअघि समानुपातिक सांसद थिइन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।