२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

बालेनलाई बधाई दिँदै ओलीले भने- पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट विजयी भएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल मार्फत ओलीले बालेनलाई बधाई दिएका हुन् ।

ओलीले लेखेका छन् ,‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् । हार्दिक शुभकामना !’

झापा ५मा बालेनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे ।

एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा–५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।