नवलपुर २ (क) मा बिष्णु लामिछानेको पक्षमा माहोल,प्रचार प्रचार ब्यापक बन्यो ।

0
1162

कात्तिक २४ नवलपुर । नवलपुर क्षेत्र नम्बर २ (क)  प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेलाई जिताउन चुनावी प्रचार प्रसार ब्यापक रुपमा भैरहेकोे छ । मतदाता भेटघाट र आफ्ना एजेण्डाका बारेमा जनतालाई बुझाउन उमेदवारसंगै उनका हजारौँ समर्थक यतीबेला चुनावी प्रचारमा रात दिन नभनी लागि रहेका छन् । लामिछाने जिल्लाका सबैमाझ लोकप्रिय नेताका रुपमा स्थापित छन् । समान ब्यवहार र निष्पक्ष निर्णय गर्ने उनको क्षमताले गर्दा सबैमाझ लोकप्रिय बनेका लामिछाने यसपटकको निर्वाचनमा बिजय हुने स्थानियले चर्चा गर्ने गरेका छन् ।

सादा जिवन उच्च विचार राख्ने लामिछानेलाई राजनैतीक रुपमा फरक बिचार राख्नेहरुले समेत मन पराउने गरेका छन् । २०४५ साल देखि निरन्तर राजनीतिक जीवनमा सक्रिय रहेका युवा नेता लामिछाने राजनीतिमा इमान्दार ,निष्ठावान ,सरल सादगी भद्र मात्र होइनन अत्यन्तै निष्कंलकित ब्यक्तित्वका रुपमा सुपरिचित व्यक्तित्व छन् । लामिछाने नेपाली काग्रेस भित्र भविष्यका आशालाग्दो व्यक्तिको रुपमा छन् ।

पार्टी भन्दा देश र जनताका नाममा समर्पित लामीछानेले काम गर्ने अवसरकालागी उम्मेदवारी दिएको बताएका छन् । राजनीति संगैँ समाजसेवामा लागेका लामीछानेले जनताले यो समयमा धेरै विचार गर्नुपर्ने बताए । विकाशकालागी जनताले सहि नेतृत्व रोज्नुपर्ने उनको भनाई छ । संचारखवरसंग कुराकानी गर्दै उनले सबैको समान अधिकारकालागी आफ्नो उम्मेद्वारी दिएको बताए । समग्र नवलरासीको विकाश नै आफ्नो लक्ष्य बताउदै समृद्ध नवलपरासी बनाउन जनतासंग हातेमालो गर्नकालागी अगाडी सरेको बताए ।

नवलपरासीमा शिक्षा , स्वाथ्य , खानेपानी, ढल, अब्यबस्थीत, बसोवास, यातायातको ब्यवस्थापन लगायतका समस्या समाधान गर्नकालागी नै निरन्तर लागीरहेको उनको भनाई छ । जुनु्कै काम गर्नकालागी पनि निर्णयक तहमा पुग्न जरुरी रहेकाले काम गर्ने अवसर खोजेको लामिछानेले बताए । जिल्लामा रहेका सुकुम्वासी दलित थारु , जनजाति पिछडा बर्गलाई समान अवसर दिई गरीवीको रेखाबाट माथी ल्याउनकालागी आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ । लामो समयसम्म बाल अधिकार र महिला हकअधिकारको लडाईमा सकृय लामीछानेले जिल्लालाई बालमैत्री जिल्ला बनाउने र महिला हिंसा अन्त्य गर्ने लक्ष्य लिएको बताए ।

समुदायमा भाईचारा कायम गराउन सबै जात जाति भाषा धर्म लिङ्गलाई समान ढंगबाट अवसर दिनकालागी सबैको सहकार्य रहेको बताउदै यो समयमा गलत नेतृत्वमा विकासको साँचो पुग्यो भने पछि पछुताउनुपर्ने बताए । पडाड र तराइको दुरी अन्त्य गर्न विकाशका पुर्वाधारहरुलाई उच्च प्रथमिकतामा राखेर नवलपरासीलाई नमुना जिल्लाको रुपमा विकास गर्ने योजना रहेको लामीछानेको भनाई छ । उनका चुनावी एजेण्डाहरुले उनलाई प्रदेश सभामा निर्वाचित गराउने स्थानियको भनाई छ ।