२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न माग

निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेसँगै उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ कि मध्यपूर्व युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीको मूल्यमा निरन्तर वृद्धि भएको छ। यससँगै बिटुमिन, सिमेन्ट, डण्डी र अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्य बढ्नु र बजारमा अभाव देखिनु निर्माण व्यवसायीहरूका लागि चुनौतीपूर्ण बनेको छ।

परिषद्ले हालको कानुनी व्यवस्थाले मूल्य समायोजन गर्न नसक्ने भन्दै तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गरी निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने आग्रह गरेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।