२०८३ बैशाख ११ गते शुक्रबार
२०८३ बैशाख ११ गते शुक्रबार

इजरायल र लेबनानबीचको युद्धविराम तीन हप्ता थपियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इजरायल र लेबनान बीचको हालको १० दिने युद्धविरामलाई तीन हप्ताका लागि थप गरिने घोषणा गरेका छन् ।

वाशिंगटनमा बिहीवार दिउँसो दुई देशबीच राजदूतस्तरीय वार्ता भएलगत्तै यो घोषणा सार्वजनिक भएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै संयुक्त राज्य अमेरिकाले लेबनान सरकारलाई हिजबुल्लाहबाट सुरक्षा प्रदान गर्न मद्दत गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा इजरायल र लेबनानका प्रतिनिधिहरूसँग भेट गरेका थिए । उक्त बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, विदेश सचिव मार्को रुबियो र इजरायल तथा लेबनानका लागि अमेरिकी राजदुतहरूको पनि उपस्थिति रहेको थियो ।

गत हप्ता ट्रम्पले नेतान्याहू र आउनलाई अर्को एक वा दुई हप्तामा ह्वाइट हाउसमा भेट्ने अपेक्षा गरेको बताएका थिए । उनले दुवै पक्षले शान्ति सम्झौता गर्नसक्ने आशा व्यक्त गरेका छन् । जसले हिजबुल्लाहको मुद्दालाई पनि सम्बोधन गर्नेछ ।

इजरायल र लेबनानबीचको १० दिने युद्धविराम अप्रिल १६ देखि लागू भएको थियो । यो इरानविरुद्धको अमेरिकी–इजरायली द्वन्द्वका बीच हप्ताैँसम्म चलेको सीमापार लडाइँपछि भएको हो । वर्तमान युद्धविरामका क्रममा लेबनानको दक्षिणी सीमामा तनाव जारी रहेकाले यो युद्धविराम अझै नाजुक अवस्थामा छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।