२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

आफूलाई माननीय सम्बोधन नगर्न सांसदहरूलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै पनि कागजातमा माननीय भनेर सम्बोधन नगर्न निर्देशन दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई यस्तो निर्देशन दिइएको हो ।

‘रास्वपाका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायत कागजातमा एक रूपता अपनाउन निर्देशन जारी भएको छ’, एक सांसदले भने, ‘आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्नसमेत निर्देशन दलको कार्यालयबाट आएको छ।’

बैठकमा सभापति रवि लामिछानेले अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँदै सल्लाहकारहरूको अभ्यास गरेर उनीहरूबाट सुझाव लिन पनि उल्लेख गरेका छन्।

‘हामीले धेरै कुराहरू सिक्न बाँकी छ । तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन भनिएको छ’, रविको निर्देशनबारे ती सांसदले भने ।

रास्वपाले पछिल्लो समय ओखलढुंगाका सांसद विश्वराज पोखरेलसहितले आफूलाई माननीयका रुपमा प्रस्तुत गर्दै विवादमा तानिएपछि यस्तो कदम चालेको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।