२०८३ असार १४ गते आईतवार
२०८३ असार १४ गते आईतवार

सुकुम्बासीको तथ्याङ्क संकलनबारे सेनाले दियो यस्तो जवाफ

काठमाडौँ । नेपाली सेनाले सुकुम्वासीको विवरण मागेको विषयमा विवाद भएपछि प्रष्टीकरण दिएको छ। एक विज्ञप्ति जारी गरेर सेनाले सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) गर्नका लागि तथ्याङ्क अद्यावधिक गरिरहेको स्पष्ट पारेको हो।

सेनाले विपद् पूर्वतयारीमा नेपाली जोखिम नक्साङ्कन अद्यावधिक गरिरहेको भन्दै विपद् व्यवस्थापनका लागि त्यस प्रकारको विवरण संकलन गरिरहेको बताएको छ।
सेनाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीलाई सुदृढ बनाउने भन्दै विगतमा विपद्का घटनालाई समेत मध्यनजर गर्दै मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी कटानबाट उत्पन्न जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि योजना बनाइएको जनाएको छ।

सञ्चार माध्यममा नेपाली सेनाले सूचना माग गरेको विषयमा विभिन्न समाचार प्रकाशन तथा प्रसारण भएको सन्दर्भमा सेनाले स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनामा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यलाई सहज बनाउने उद्देश्यले तथ्याङ्क संकलन गरेको स्पष्ट पारेको छ ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।