दार्चुलामा काँग्रेसको कसरत शुरु

0
210

कार्तिक ३०,दार्चुला लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तुलनामा संगठन सुधार र पार्टीको आन्तरिक व्यवस्थापन राम्रो भए पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले तालमेल गरी चुनावी मैदानमा होमिनु काँग्रेसका लागि चुनौती बनेको छ ।

दार्चुलामा काँग्रेस दुईपटकको हारको साख फर्काउन चुनावी सभालाई विगत दुई महिनायता व्यापक बनाउँदै लगेको छ । वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नालाई जितलाई निरतन्तरता दिन सहज भने छैन ।

वाम गठबन्धन भएपनि केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले दार्चुलामा आफ्नो पकड बलियो बनाएको छ । विसं २०७० मा झिनो मतअन्तरले काँग्रेस नेता बडूलाई निर्वाचनमा पराजित गरेका ठगुन्नाले जिल्लाको विकासका लागि काम गर्न नसकेको मतदाताको आरोप छ । काँग्रेस नेता बडूले राष्ट्रिय राजनीतिमा बनाएको छविका कारण दार्चुलामा विकास निर्माणका योजनाहरु आएको भन्दै यहाँका मतदाता प्रतिनिधि छनोटमा विवेकपूर्ण निर्णय लिनेमा काँग्रेसजनहरु आशावादी छन् ।