२०८३ असार २८ गते आईतवार
२०८३ असार २८ गते आईतवार

काठमाडौंको बुद्धनगरमा फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ–१० बुद्धनगरस्थित एक घरम डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले आज बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार राउतका बाबुछोराबीच घरायसी विषयमा विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए ।

शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यसअघि बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तै, शुक्रबार नै सर्लाहीमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए । विवेक मण्डल नाम गरेका ती व्यक्तिलाई हेलिकप्टरमार्फत हिजो नै काठमाडौँ ल्याइएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।