२०८३ भाद्र २४ गते बुधबार
२०८३ भाद्र २४ गते बुधबार

भोटेकोशी बाढीको क्षतिपछि रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत विद्युत् सेवा सञ्चालन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्ने कामले तीव्रता पाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत भदौ १० गतेको बाढीलगत्तै सम्भव भएसम्मका सम्पूर्ण स्रोतसाधन र जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा विद्युतीकरण अघि बढाइएको हो। बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले वैकल्पिक उपाय अपनाएर सेवा सुचारु गराइरहेको छ।

यसै क्रममा मङ्गलबार बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको मन्त्रालयले जनाएको छ।

तत्काल विद्युत् लाइन पुर्याउन नसकिएका स्थानमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सामुदायिक आश्रयस्थलका लागि दुई किलोवाट क्षमताका सोलार प्रणाली र घरपरिवारका लागि व्यक्तिगत सोलार वितरण गर्ने कार्य सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।