संखुवासभामा काँग्रेसद्धारा मतगणना बहिस्कार,जिल्ला निर्वाचन अधिकृत नै धाँधली गर्न सक्रिय ।

0
722

मंसिर २५ संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा तर्फको मतगणना बहिस्कार गर्दै स्थलबाट नेपाली कांग्रेस बाहिरीएको छ । संखुवासभामा जारी मत गणनामा भएको विवादका कारण प्रतिनिधिसभा तर्फको कांग्रेसका प्रतिनिधि, उम्मेदवार र नेताहरु मतगणना स्थलबाट बाहिरीएका हुन् । मूख्य निर्वाचन अधिकृतले दलिय निर्णय बिपरित मतबदरभएको निर्णय गरेको र निर्वाचनका कर्मचारीहरुले पक्षपाती व्यवहार गरेको भन्दै कांग्रेस बाहिरीएको हो ।
यसअघि मंसिर २० गते मतगणना प्रक्रियाका विषयमा सर्वदलिय बैठकले गरेको निर्णयलाई मिचेर मूख्य निर्वाचन अधिकृतले गरेको निर्णय प्रति आपत्ति जनाउदै बदर मत पुन गणना गर्न अदालती प्रक्रियामा जाने कांग्रेसले जनाएको छ । निर्वाचन कार्यालयले कांग्रेसको बदर मत बढी देखाएर पराजय गराउन खोजेको कांग्रेसले आरोप लगाएको छ ।
हालसम्म गणना गरिएका ६० हजार ६ सय २० मत मध्ये २ हजार ८ सय ८८ मत बदर भएको छ । ती मध्ये ८० प्रतिशत मत नेपाली कांग्रेसको नियोजित रुपमा बदर गराइएको संखुवासभा कांग्रेसले जनाएको छ ।
यो संगै प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । आइतबार राती १० बजे बदर मत कै विषयमा भएको विवादका कारण गणना कार्य रोकिको थियो । सोमबार बिहान १ बजे नै दलिय सहमति पछि पुन मत गणना सुचारु भएको थियो । तर दोस्रो पटक नेपाली कांग्रेसका प्रतिनिधिले बहिस्कार गरे पछि मत गणना रोकिएको हो ।