न्युर्योक एक्सपोको नाममा ठगी गर्नेलाइ कारबाही गर्न आयोजकको माग,मेला निर्धारीत समयमै हुने ।

0
1949

साउन ३० काठमाण्डौ,प्रकाश चन्द्र दाहाल । संसारकै सबैभन्दा महंगो र आकर्षक ब्यापारीक गन्तब्यको पहिचान बनाएको अमेरिकाको न्युयोर्कमा रहेको म्यानहटनमा आयोजना हुन लागेको ब्यापार मेलाको बिभिन्न ब्यक्तिले फाईदा लिएपछि आयोजकहरु तनाबमा छन् ।press मेलाका आयोजक वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टले आज राजधानिमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाका नाममा ठगि गर्ने ग्रिन एप्पल कन्सल्ट्यान्सीका सन्चालक कबिराज शेपखान पक्राउ परेपछि आफूहरु आश्चर्यमा परेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुद्धि प्रसाद रेग्मीले आफुसंग सामान्य चिन जानमात्र भएका ब्यक्तिले आफ्नो असाध्यै नजिकको साथी भन्दै ठगि गरेको सुन्दा अचम्ममा परेको बताउनु भयो । उहांले आफ्नो कम्पनी र आफ्नो नक्कली हस्ताक्षर गरेर बिभिन्न ब्यक्तिबाट लाखौ रुपैया लिएको तथ्य भेटिनुले ब्यापार मेलालाई बद्नाम गर्न  षड्यन्त्र भैरहेको उहांको भनाई थियो । उहांले प्रहरीको फन्दा परिसकेका ब्यक्तिको कारण आफुहरुको करोडौको लगानी जोखिममा परेको भन्दै जस्तो सुकै परिस्थितमिा पनि अमेरीकामा मेला गरि छाड्ने बताउनु भयो ।trade कविराज जस्ता ब्यक्तिहरुका कारण नेपालमा राम्रो उद्योग चलाएका ब्यक्तिलाई पनि अमेरीकन एम्बेशीले भिषा नदिएकाले आफुहरु दुखि भएको भन्दै अब सबै कम्पनीको डकुमेन्ट अध्यायन गरेर भिषा प्रकृया अगाडी बढाउन पनि रेग्मीले आग्रह गर्नु भएको छ ।