‘म शुन्यबाट सुरुवात गर्न चाहन्छु ” : मेसी

0
702

 एजेन्सी ।  विश्वकै प्रभावशाली प्लेमेकर अर्जेन्टिनाका लिओनल मेसीले आफूले कपाल रंगाउनुको कारण खुलासा गरेका छन्। विगतमा सामना गर्नुपरेका विवादहरुका कारण आफूले अब नयाँ सुरूवात गर्न कपाल खैरो बनाएको स्पष्ट पारेका हुन्। पहिले उनि कालो कपालमा छोटो ‘हेयर कट’ मा मैदानमा देखा पर्थे। त्यसैले मेसी एउटा स्कुले केटो जस्तै देखिन्थे।
गत जुनमा उनको प्रेमिका आन्टोनेला रोक्युजोले इन्स्टाग्राममा बदलिएको मेसीको अनुहार सार्वजनिक गरेकी थिइन्। जसमा मेसीको कपाल पहिलो पल्ट सुनौलो तर फुस्स उडेको देखिएको थियो। फेरिएको अनुहार बोकेर केही समयअघि अर्जेन्टिना पुगेका मेसीले स्थानीय टेलिभिजनसँगको साक्षात्कारमा भने–‘मैले आफ्नो अनुहार परिवर्तन गर्नुको कारण म शुन्यबाट सुरुवात गर्न चाहन्छु। मैले यसअवधिमा थुप्रै विवादको सामना गर्नु पर्‍यो।’ उनले आफ्नो अन्तरआत्माको पुकार सुन्दै यो सबै गरेको बताए। भने–‘मलाई भित्रदेखि नै आयो–‘तैले यो सबै रोक्नु पर्छ र नयाँ सुरुवात गर्नुपर्छ।’ २९ वर्षिय मेसीले कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछि एक्कासी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। पछि अर्जेन्टिनी राष्ट्रपतिको आग्रहपछि मेसी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए। एक साताअघि अन्तर्राष्ट्रिय फुटबलमा फर्किने क्रममा मेसीले उरुग्वेविरूद्ध विश्वकप छनोट खेलमा विजयी गोल गरेका थिए। दोस्रो छनोट खेलमा बार्सिलोनाले चोटका कारण खेल्न नदिएपछि मेसीको आलोचना भएको थियो। उनी शनिबार बार्सिलोना पराजित खेलमा दोस्रो हाफपछि मैदानमा प्रवेश गरेका थिए।