२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु भएको छ।

मंगलबार बेलुका सवा ९ बजे सर्लाहीको बलरा नगरपालिका-९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको  बसले ठक्कर दिँदा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो।

ठक्कर दिएपछि बस सडकमै पल्टेको थियो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठका अनुसार ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा राति १०:०५ बजे चिकित्सकले मृत घोषणा गरको थियो।

मृतकको शव प्रादेशिक अस्पताल मलंगवामै रहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

बसको चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।