सैन्य उपायबाट सिरिया सङ्कट समाधान असम्भव : मुन

0
453

अमेरीका ५ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले सैन्य उपायबाट सिरिया सङ्कट समाधान नहुने बताउनु भएको छ ।
रसियाले एकपक्षीय रुपमा गरेको युद्धविरामको स्वागत गर्ने क्रममा बिहीबार उहाँले शान्तिप्रक्रियाबाट नै सिरियामा जारी द्वन्द्वको समाधान खोज्नु पर्ने विषयमा जोड दिनु भएको छ ।
महासचिव बानले पूर्वी एलेप्पोमा पूर्ण मानवीय सहयोगको आवश्यकता रहेको बताउनु भएको छ ।
उहाँका अनुसार, गत सेक्टेम्बर २३ देखि हालसम्म सिरियाको एलेप्पोसहरमा जारी द्धन्द्धमा परी ५०० जनाको मृत्यु हुनुको साथै अन्य २ हजार जना घाइते भएका छन् । झण्डै दुई लाख ७५ हजार नागरिक द्धन्द्धका कारण प्रभावित भएको पनि राष्ट्रसङ्घको अनुमान रहेको छ ।