२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर रिहा भइन् लीला पछाईं

काठमाडौं ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् ।

जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो । कास्कीका डीएसपी वसन्तराज शर्माका अनुसार शुक्रबार धरौटी बुझाएर उनी रिहा भएका हुन् । बिहीबार धरौटी रकम नबुझाएपछि उनी हिरासतमै थिइन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

बिहीबार धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रिहा भएका थिए । लामिछानेले ६५ लाख, छविलाल जोशीले ८८ लाख, मीना गुरुङले पाँच लाख, रामबहादुर खनालले १५ लाख, आरती गुरुङले पाँच लाख र कृष्णबहादुर गुरुङले एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।