२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।

यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । पराजित भएको पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै छ । पोखराको ६ खेलबाट ४ अंक छ ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी)को बढुवामा सिफारिस समिति नराख्ने निर्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको प्रहरी विधेयकको मस्यौदामा आईजीपी बढुवामा पनि सिफारिस समितिको प्रावधान राखिएकोमा त्यसलाई हटाइएको हो ।

मन्त्रिपरिषद्को विधेयक समितिको शुक्रबारको बैठकले यस्तो प्रावधान उपयुक्त नहुने सुझावका आधारमा समिति नराख्ने निर्णय गरेको हो । नेपाल प्रहरी र सशस्त्रले लोकसेवा आयोगको नेतृत्वमा यस्तो बढुवा समितिको प्रस्ताव गरेका थिए । पछि गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाउने प्रस्ताव अघि बढाएपछि विवाद भएको थियो । यस्तो समितिले बढुवा प्रक्रियालाई थप जटिल बनाउने भन्दै हटाउने निर्णय भएको विधेयक समितिका एक सदस्यले बताए ।

हालको प्रावधानअनुसार सरकारले एआईजी तथा एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट सीधै महानिरीक्षक छान्न सक्ने प्रावधान छ । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता तथा उत्तरदायित्व बहन गर्न सक्ने क्षमताका आधारमा नियुक्त हुने प्रहरी नियमावलीमा उल्लेख छ । अब पनि यही शैलीमा नियुक्त गर्ने प्रावधान राख्न लागिएको छ । तर, रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति गर्ने निर्णय विधेयक समितिको बैठकले गरेको छ । हाल अन्तिम दिनमा आएर निर्णय हुने प्रवृत्तिले अस्वस्थ चलखेल हुने र त्यसले आईजीपी कमजोरसमेत हुने अवस्था छ । नयाँपत्रिका दैनिकमा समाचार छ ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घुस बोकेर पुगेपछि पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सापकोटाले मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकम लिएर पुगेका थिए।अनुसन्धानका क्रममा आवश्यक कागजात बुझाउन गएका सापकोटा कार्यालयमा एक लाख रुपैयाँ घुस रकम बोकेर पुगेपछि पक्राउ परेका हुन्।

अनुसन्धान अधिकृतको कार्यकक्षमा उजुरीसँग सम्बन्धित कागजात बुझाउन आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाको झोलाबाट ३१ थान कागजात र १ लाख रुपैयाँ(रु. १,००० दरका ९६ नोट र रु. ५०० दरका ८ नोट) फेला परेको आयोगले जनाएको छ ।  सोधपुछमा उनले ‘मुद्दा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको हो’ भनी स्वीकार गरेको छन्।

प्रवक्ता घिमिरेले दिएको जानकारीअनुसार, सापकोटाले अनुसन्धान अधिकृतलाई स्वेच्छाले नै घुस रकम ल्याएको जवाफ दिएका छन्। सोही बयानका आधारमा उनलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।

सापकोटा अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी परेको थियो। आयोगले उजुरीका आधारमा अनुसन्धान सुरु गरेको छ र सोही अनुसन्धानको कागजात पेश गर्न सापकोटा कञ्चनपुर पुगेका थिए।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ । आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।

तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । प्लेअफको सम्भावना कायम राख्न आज जनकपुर बाहेक बाँकी तीन टिमलाई जित्नै पर्ने दबाब छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उत्साह र ऊर्जाले भरपुर रहनुहुनेछ। व्यापार व्यवसायमा आयका नँया स्रोतहरू बन्नेछन्। आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। धार्मिक तीर्थस्थान वा मठमन्दिरको भ्रमण हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अम्दानीका स्रोतहरू बढ्नेछन्। चाहना पूरा गर्नलाई धन खर्च हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौँ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शेयर मार्केटबाट मनग्य लाभ मिल्नेछ। मित्रता र प्रेम सम्बन्ध कसिनेछ। महत्वकांक्षी योजनाहरूमा सफलता पाइनेछ। कार्यक्षेत्रमा परीश्रम अनुसार राम्रै फल मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। विद्यार्थीहरूलाई विद्याको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेशतिर ताक्नेहरूलाई यात्राको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ विशेषगरी बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक लेनदेनको लागि उपयुक्त समय पर्खिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साहस र पराक्रममा वृद्धि हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल रहनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक यात्राको लागि योजना बन्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। वित्तीय वा सरकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको सफलताले मन प्रसन्न रहनेछ। कारोबार वा व्यवसायको सुरुवात गर्न सक्नुहुनेछ। पारिवारिक जीवनमा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा कूटनीतिको फाइदा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले कार्यक्षेत्रमा हौसला जगाउनेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार व्यवसायमा बनिरहेको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूको लेखन अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा प्रशंसा योग्य कार्यले प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिहरूको साथ र मित्रता बढ्नेछ। व्यापार व्यवसायमा श्रम र सीपले लाभ मिल्नेछ। शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 नेपाल राष्ट्र बैंक शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ ।

यस्तै, ओमनी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।