आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ ।
प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा आज जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उनले बताए । ‘आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ’, सूचना अधिकारी अधिकारीले भने, ‘सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।’
यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् ।
सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् ।
आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।
सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो । हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।
‘…सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
हिजो लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
भैंसेपाटी हनिट्र्याप प्रकरणमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।
आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।
आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।
भैँसेपाटी प्रभागकी प्रमुख समेत रहेकी शाहीकै मिलेमतोमा एक व्यवसायीलाई हनी ट्र्यापमा फसाएर २० लाख रुपैयाँ असुलेकाे भन्दै उनीविरुद्ध पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा दायर गरेको थियो।
प्रभागबाट निलम्बन गरेर छानबिन सुरु भएपछि उनी भने सम्पर्कविहीन भएकी थिइन्। पछि अनुसन्धानमा समेत उनी फरार रहेको भन्दै मुद्दा दायर भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापति डोलप्रसाद अर्याल डिपी अर्याल बनेका छन्।
उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।
‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो।’
रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।
काठमाडौँ । सरकारले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस् लगायतका देशमा जान चाहनेहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ ।
आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि ट्राभल एडभाइजरी जारी गरेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैर कानुनी कार्यहरू नगर्नरनगराउन पनि मन्त्रालयले भनेको छ ।
हेर्नुहोस् मन्त्रालयको सूचना:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको थियो ।
पत्रपछि सभामुखले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिरहेका बेला रास्वपाका नेताहरू सिंहदरबार पुगेका हुन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर निलम्बन नगर्न माग गरेका हुन् । २०७९ मा पहिलो पटक निर्वाचित भएपछि नागरिकता प्रकरणमा उनको सांसद पद गएको थियो ।
नागरिकता प्राप्तिपछि उपनिर्वाचनमा रवि पुनः चितवन २ बाटै विजयी भएका थिए । तर लामिछानेले फेरि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा खेपेका हुन् । कास्की जिल्ला अदालतमा आइतबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि सभापति लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनको सांसद पद निलम्बनको माग कास्की जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा पनि गरिएको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम निज प्रतिवादी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ निर्वाचित संघीय संसद (प्रतिनिधिसभा सदस्य) रहेकोमा ऐनको दफा (२२) बमोजिम मुद्दा दायर भएपश्चात सो मुद्दा किनारा नभएसम्म निज स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको ब्यहोरा समेत अनुरोध गरिएको छ,’ अभियोग पत्रमा उल्लेख छ ।
भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन् ।
मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रवीण आचार्य रहेका छन् । कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।
मृत भेटिएका बुवा कुलप्रसाद हुलाकका कर्मचारी रहेको खुलेको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले उनी काठमाडौँ आएका बेला छोराहरूको डेरामा गएको देखिएको बताए । कुलप्रसादका छोराहरू तीन वर्षदेखि उक्त स्थानमा डेरागरि अध्ययन गरिरहेका थिए ।
आइतबार रातिसँगै खाना खाएर सुतेका तीन बाबुछोरा मध्ये जेठा छोरा मिलन भने फरार छन् । डिएसपी न्यौपानेले फरार रहेका मिलनको खोजी गरिरहेको बताए ।
अनुसार शवमा केही घाउ र चोटपटक देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ । नेप्से १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको छ ।
आज नेप्से बढ्दा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँ बराबरको कारोबारको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।
आज १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ९३८ पटक शेयर किनबेच भएको छ ।
आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सोमबार १३ समूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड ४.२१ प्रतिशतले घटेर २०.३३ बिन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी हाइड्रोपावर समूह २.६५ प्रतिशतले बढेर ३ हजार ५१५.४२ बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा कम्पनी ०.११ प्रतिशतले बढेर १२ हजार ४२६.५८ बिन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह ०.८४ प्रशितले विकास बैंक १.१५ प्रतिशतले, फाइनान्स १.६७ प्रतिशतले, होटल तथा पर्यटन ०.४३, लगानी ०.५१ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.४६ प्रतिशतले, लघुवित्त ०.१८ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.४६ प्रतिशतले बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय वैठक बस्दैछ ।
सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको हो । बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिएका ।
कतिपय नेताहरू उपत्यका बाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको उनले जानकारी दिए । बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ । कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी रास्वपामा बनेको नेताहरूले बताएका छन् । यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए ।