२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो ।

शनिबारदेखि लागु हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रू ३ हजार ६ सय र मझौलाको रू ३ हजार ५ सय कायम गरिएको छ । योसँगै किसानले लागत मूल्य पाउने भएका हुन् । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलब ५६ पर्न आउँछ । यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका हुन् । उनका अनुसार दाउन्ने एग्रोफार्म, हिमचुुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौँको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी रू तीन हजार सात सय ५० देखि रू तीन हजार सात सय ८० सम्म र मझौलाको रू तीन हजार छ सय ५० देखि रू तीन हजार छ सय ८० सम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।

पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ । उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ’, उनले थपे, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।’

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेकोे बताए । उनले भने, ‘अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन् ।’ नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताए। गत वर्ष पनि पुस महिनामा चार पटक अण्डाको मूल्य वृद्धि भएको थियो । कँडेलले भने, ‘अब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान विस्थापति हुन्छन् ।’

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे (भोलि) शनिबार नेपाल आउँदै छन् । उनी निजी भ्रमणका लागि नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने जनाएको छ । अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले निजी रूपमा गर्ने जनाइएको छ ।

पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपाल भ्रमणका क्रममा लुुम्बिनीसमेत जाने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन् ।

नेपाल-श्रीलङ्का सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास खोलेकामा सन् १९९५ मा कोलम्बोमा नेपाली राजदूतावास स्थापना भएको थियो । त्यस्तै काठमाडौंमा सन् १९९३ देखि श्रीलङ्काको आवासीय दूतावास रहेको छ ।

नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुनुका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् ।

दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान विचार प्रस्तुत गर्नुका साथै संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र विश्व व्यापार सङ्गठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् ।

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलङ्काबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलङ्का सरकारले सहयोग गरिरहेको छ ।

श्रीलङ्काले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ । नेपालमा प्रत्येक वर्ष श्रीलङ्काबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

चितवनको सौराहामा जारी १८ औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् ।

आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । एकचालीस वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो ।

तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिएको तिवारीले जानकारी दिए ।

उनले नङ फुटेरनफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गरिएको बताए । सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ ।

दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध पनि महाभियोग लगाएको छ । मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो ।

यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई सैनिक कानुन लगाउने असफल प्रयासपछि भएको राजनीतिक उथपुथलको समाधान गर्ने जिम्मेवारीसहित कार्यवाहक राष्ट्रपति तोकेको थियो । विपक्षी दलहरुले कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि पारित भएको बिबिसीले जनाएको छ । दक्षिण कोरियामा राष्ट्रपतिसँगै कार्यवाहक राष्ट्रपति पनि महाभियोगबाट बाहिरिएको यो पहिलो राजनीतिक घटना हो ।

अब महाभियोगको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि सुको कार्यवाहक राष्ट्रपतिको पद पनि निलम्बनमा पर्नेछ। अब उपप्रधानमन्त्री एवम् वित्त मन्त्री चोई साङ मकलाई कार्यवाहक राष्ट्रपति बनाउने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । संवैधानिक अदालतले अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनर्स्पना गर्ने भन्ने फैसला दिनुपर्नेछ । यसअघि निलम्बित राष्ट्रपति यूनकै विषय संवैधानिक अदालतमा अघि बढेको छैन ।

चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकालालाई अदालतसमक्ष पेस गरिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो । चालु आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ । प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ । 

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

दुई दिन लगाएर लिइएको रविको बयान आज (शुक्रबार) सकिएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।

उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिइने छ । कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी स्रोत बताउँछ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रहरीले नक्कली डाक्टर बनेर लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘डाक्टर आलोक’ का नामले परिचित जितेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

उनले फेसबुक मार्फत साथी बनाइ आफू डाक्टर भएको र सुगरको रोगीलाई उपचार गर्ने बताउँथे। त्यसपछि उपचारको लागि पुगेका बिरामीलाई औषधि खुवाएर बेहोस बनाउँथे। अनि कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू (सिक्री, औँठी, झुम्का,टप, मंगलसुत्र) लगायत सामाहरू लुटपाट गर्ने गरेको थिए।

उनले केहीको कोठाबाट नगद समेत लगेको खुलेको छ।

प्रहरीमा उजुरी परेपछि सिसिटिभी क्यामरा सहयोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका ४  आरुखर्कबाट उनलाई पक्राउ गरेको हो।

मण्डललाई पक्राउ गरि चोरी सम्बन्धी कसुरमा प्रहरी वृत्त सातदोबाटोमा अनुसन्धानको लागि राखिएको छ।

 नेपाली कांग्रेस शेखर कोइराला समूहका नेविसंघ नेताहरुले तनहुँमा समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेका छन् ।

उनीहरुले नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त क्याम्पसमा भेला गरी ऋषिङ–७ का सोन कुमार आलेलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेका हुन् ।

यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ तनहुँको अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए ।

अध्यक्ष शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएका छन् ।

नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनी, जगतजंग विष्ट, रविन केसी सहित नेताहरु तनहुँ पुगेर विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष चयन गरेका छन् ।

 

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रक्रियामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताएका हुन् ।

उनले भने, ‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरुको काम प्रक्रियामा छ। काम हुँदैछ भनेर आश्वासन दिन आउनु भएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन् । केही काम भएको छैन् ।’

उनले तीनकुनेका जग्गा धनीहरूलाई मुआब्जाका लागि संघीय सरकारले काम अघि बढाउनु पर्नेमा जोड दिए ।
उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।

उनले भने, ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि प्रश्न उठाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसरी कोही पनि बाँकी नरहने भन्दै प्रश्न पनि गरेका छन् । नेता भण्डारीले लेखेका छन्, ‘सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोशिस गर !!!’

उनले थप लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौं की ! सत्यलाई सत्य थाहा हुन्छ !’ नेता भण्डारीको यो बयान रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत जारी सुनुवाईबीच आएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।