२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ ।

अनुदानमा प्राप्त हुने नौं रुपैंयाँको नुनलाई उनीहरुले दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ ।

नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए। केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए । उनले भने, ‘गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ ।’

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ । गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाए । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ ।

तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताए । एक–दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उहाँको भनाइ छ ।

अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताए । ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पुर्‍याइनेछ । सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिए ।

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताए । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ। 

गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधामस्थित राम जानकी मन्दिरमा ट्रफी प्रदर्शन गर्नेछ। त्यहाँबाट सुरु हुने परेड जनकपुरकै रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुनेछ। 

जनकपुर बोल्ट्सका अनुसार ट्रफी परेड मधेस प्रदेशका अरु जिल्लामा पनि हुनेछ । त्यसैअनुसार दोस्रो दिन भोलि महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड गरिनेछ। यस्तै चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा गरिने जनकपुर बोल्ट्सले जनाएको छ। 

पुस ६ गते सम्पन्न भएको एनपीएलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि चुमेको थियो । जनकपुरले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ । भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।

 नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन विवाह बन्धनमा बाँधिन लागेका छन्।

वीरगन्ज महानगरपालिका १२ मुली नयाँ टोलका निवासी यी क्रिकेट खेलाडीहरू आगामी पौष २० गते आफ्ना समुदायका युवतीहरूसँग मागी विवाह गर्दैछन्।

पारिवारीक स्रोतका अनुसार दुबैजना दाजुभाई आफ्नो समुदायका युवतीसंग मागी विवाह गर्न थालेका छन । गएको पौष ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगीता सकिएपछि उनीहरु घरमा बिहेको तयारीमा जुटेका छन ।

दाजुभाइको विवाहका लागि परिवारमा चहलपहल बढेको छ। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) पछि उनीहरू विवाह तयारीमा जुटेका छन्। आरिफ सुदूरपश्चिम रोयल्सको तर्फबाट उपविजेताको रूपमा खेल्दै उत्कृष्ट प्रदर्शन गरे भने आसिफ जनकपुर बोल्ट्सका कप्तानीका रूपमा उपाधि जित्न सफल भए। दुवै दाजुभाइ आफ्ना आफन्त, साथीभाइ, र चिनजानका व्यक्तिहरूलाई निमन्त्रणा बाँड्न व्यस्त छन्।

यस्तै फुर्सदको समयमा घर नजिक नै रहेको नारायणी खेल मैदानमा पनि देखिन थालेका छन । २६ बर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउण्डर खेलाडी हुन । उनी सन २०१४ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरको खेल खेल्न थालेका छन । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन ।

२३ बर्षीय आफिस शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेट किपरको रुपमा खेल्ने खेलाडी हुन । आसिफ उनी सन २०२१ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरमा खेल्न थालेका छन ।

विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने कार्यमा बदनियत राखेर सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि नहुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको पूर्णपाठमा सुनको जलहरी निर्माण गर्दा कुनै किसिमको भ्रष्टाचार नभएको ठहर गरेको हो ।

विशेषको फैसलामा समान भूमिकामा रहेका समान जिम्मेवारी लिएका सोहीस्तरका व्यक्तिमाथि कसैउपर मुद्दा चलाउने र कसैउपर नचलाउने निर्णय गरी असमान ढङ्गले आरोपित गरिए त्यो व्यक्ति छानेर गरिएको ९चयनात्मक० अभियोजन हुने प्रस्ट पारिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा फैसला गर्दै विशेष अदालतले नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता हुने अवस्था नदेखिएको प्रस्ट पारेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित तत्कालीन सदस्यसचिव डा। प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई विपक्षी बनाई मुद्दा दायर भएको थियो । सदस्यसचिव डा थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका कोषाध्यक्ष थिए । तर, आयोगको २०८० असोज ६ गतेको बैठकले निर्णयको पृष्ठ १९ मा कोषका तत्कालीन सदस्य भगवतीप्रसाद देव पनि अनियमिततामा संलग्न रहेको दाबी गर्दै मुद्दा चलाउनुपर्ने निर्णय गरेको थियो ।

विशेष अदालतले सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव ढकाल र विसेट नाइके श्रेष्ठलाई मात्रै मुद्दा लगाएको सन्दर्भमा फैसलामा भनेको छ, ‘कुनै पनि व्यक्तिउपर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्दा वस्तुनिष्ठ आधार र कारण उल्लेख गरिनु पर्दछ । यी आधारबिना त्यस्तो कार्य शङ्कास्पद हुन्छ र त्यसको परिणाम पनि सत्य धरातलीय यथार्थबाट विमुख भई अन्ततः विश्वासनीय हुँदैन ।’

अदालतले सेफको चाबी जिम्मा लिने कसैउपर दाबी गरिएको र कसैउपर नगरिएको अवस्था देखिँदा के कति कारणबाट त्यसो गरिएको हो भनी अभियोजकले सन्तोषजनक प्रमाण कागजहरू प्रस्तुत गर्नुपर्ने दायित्व रहने फैसला गरेको छ । फैसलामा भनिएको छ, ‘यस सन्दर्भमा समान रूपमा र स्वच्छ अनुसन्धान भएन भनी प्रतिवादीतर्फका विद्वान् कानुन व्यवसायीले उठाउनुभएको तर्कमा पनि दृष्टिगोचर गर्नुपर्ने देखिएको छ ।’

अदालतले अनुसन्धानका क्रममा २०८० असार २१ गतेको मुचुल्कामा उल्लिखित ६२३ ग्राम सुनको तौलसमेत जोड्नुपर्नेमा सो सुनलाई समावेश गरेको नदेखिएको फैसला गरेको छ । फैसलामा भनिएको छ, ‘उल्लिखित सुनलाई समावेश गरी गणना गर्दा प्रयोग भएको सुनको परिमाण फरक पर्नेमा विवाद रहेको देखिँदैन । अनुसन्धानमा प्राप्त सुनलाई अभियोजन पक्षबाट किन समावेश गरिएन ? सो प्रश्न पनि जीवितै रहेको छ ।’

फैसलामा कोष सञ्चालक परिषद्को २०७७ माघ १४ गते बसेको बैठकले जलहरी निर्माणका लागि नेपाल राष्ट्र बैङ्कबाट खरिद गरी टिनको बाकसमा लाहाछाप लगाई ल्याइएको ६४१६३.४०० ग्राम सुन नेपाली सेनाको सुरक्षामा पशुपति रुद्रगाडेश्वर प्राङ्गणको लकरमा बन्द गरी राखिएको देखिने प्रस्ट पारिएको छ । फैसलामा भनिएको छ, ‘लकरको साँचो एक सेट नेपाली सेना, एक सेट पशुपति क्षेत्र विकास कोष र एक थान तालाचाबी पशुपति भण्डार तहबिलका बिसेट नाइके अरुणकुमार श्रेष्ठको जिम्मामा रहेको भन्ने बेहोराको लकरमा सुन राखिएको मुचुल्काबाट बेहोरा अवगत हुन आउँदछ । यसरी हेर्दा खरिद गरिएको सुनको सुरक्षा व्यवस्था मजबुत राखिएकोमा विवाद देखिँदैन ।’

अशोक अधिकारीले गोरखापत्र दैनिकमा समाचार लेखेका छन् । 

 

अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिष्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भए हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिष्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। 

यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ। 

अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसदमा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्षदेखि परीक्षा र रजिष्ट्रेसन फारामबापत विद्यार्थीबाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो । 

तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट संकलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिष्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो । अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो । 

बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिष्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु पर्दैन । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्ने गर्छन् । अहिले रजिष्ट्रेसन फारामबापत विद्यार्थीले ३०० रुपैयाँ तिर्दै आएका छन् । त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत ५०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । 

कक्षा ११ मा रजिष्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई ६०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिष्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ । 

शुल्क लिने कि नलिने भन्ने अन्योलका कारण यस वर्ष एसइईको परीक्षा फाराम भर्ने समयसमेत एक महिना ढिलो भइसकेको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार यस पटक परीक्षा फाराम भर्ने समय ३० दिन मात्रै दिइने छ । विगतमा परीक्षा फाराम भर्नका लागि ४५ दिन समय दिने गरिएको थियो। 

साथै रजिष्ट्रेसन तथा परीक्षा फारामका लागि दोब्बर दस्तुर तिरेर एक साता समय थप दिने व्यवस्था पनि यस पटकबाट हटाइएको बोर्डले जनाएको छ । शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आटेका काम पूरा हुनाले मन प्रसन्न रहनेछ। धन प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूलाई मेहनत गरे अनुसार प्रतिफल प्राप्त होला। दाम्पत्य जीवनमा समस्या थियो भने समाप्त हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा आर्थिक लाभ मिल्नेछ। करियर सम्बन्धी समस्याको समाधान हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। जागिर गर्नेहरूको लागि समय अनुकूल रहनेछ। परिवारमा कसैको स्वास्थ्य सम्बन्धित समस्याले गर्दा धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। ठूलो योजना पूरा गर्न केही समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। मान्यजनहरूको सहयोगले रोकेको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा मान सम्मान बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारीवर्गको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरूको रेखांकन हुनेछ र धैर्यताको कमीले अर्काको गल्ती आफूमाथि पर्न सक्छ। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा मन रमाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी कामले अप्ठ्यारो पार्न सक्छ। विद्यार्थीहरूलाई अध्ययनको सफलताले विदेशतिर जाने अवसर मिल्नेछ। राज्यपक्षबाट सहयोग मिल्नेछ। सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समयको तालमेल नमिल्दा कार्य अधुरो रहन सक्ला। कार्यक्षेत्रमा गरिएको कामबाट जस पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायभन्दा सेवा मुलुक कामबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्च हुनेछ। लेनदेनको मामिलामा कानुनको विपरित कार्य नगर्नुहोला नभए जरिवाना लाग्न सक्छ। चिताएको कार्य पूरा गर्न बाधा आउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

 
 
 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आज पनि बयान हुने भएको छ।

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान हिजो सुरु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घन्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ।

सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन। मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो। जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाएपछि यसै हिरासतमा फर्केका थिए।

जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नीतिज राईले अदालतमा लिएको बयान सकिएको छ। छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु गरिएको छ । अब रबिको पालो आउने अनुमान गरिएको छ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ। रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो।

लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ। लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ। लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।

आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार पनि देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ । आइतबारबाट भने मौसममा सुधार आउने बताइएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।